आज शनिबार काल भैरवको दर्शन गर्दै राशिफल हेर्नुहोस् ।

August 20, 2021 372

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रियजनसँगको भेटघाटले प्रारम्भ रमाइलो रहनेछ। व्यापारको सञ्जाल फराकिलो हुनेछ। व्यवसायका लागि यात्रा गर्ने साइत जुर्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोमवारपछि स्थिति केही कमजोर बन्नेछ भने व्यवसायमा सोचेको फाइदा उठाउन नसकिएला। स्वास्थ्यमा कमजोरी देखापर्नेछ। मालमत्ता हराउने र अर्थ-अभावले सताउने समय छ। तापनि धार्मिक मनोवृत्ति बढ्नेछ भने सामाजिक कार्यमा धन खर्च गरिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ। सप्ताहान्तमा वादविवादमा परिने सम्भावना छ, सजग रहनुहाेला।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा प्रतिस्पर्धामा जुट्नुपरे पनि कर्मयोगले फाइदा दिलाउनेछ। प्रयत्न गर्दा अवसर हात पार्न सकिनेछ। समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। मिहिनेतले परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित होला। यात्रा केही खर्चिलो भए पनि स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। बुधवारपछि भने स्थिति केही कमजोर रहन सक्छ। चिताएको काम रोकिनाले मनमा खिन्नता बढ्नेछ। स्वास्थ्यका लागि खानपान र व्यायाममा ध्यान पुर्याउनुहाेला। सप्ताहान्तमा प्रतिष्ठत र दिगो फाइदा हुने काम हातलागी हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनकाे लगावले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापारका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। तर, ईर्ष्या गर्नेहरूले भने दुःख दिनेछन्। सप्ताहान्तमा काम, दाम र स्वास्थ्यमा केही समस्या आउने सम्भावना देखिन्छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। काम थाल्न हतार नगर्नुहाेला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। अरूलाई दिएको वचन पूरा गर्न नसक्दा समस्या पर्नेछ। आँटेका काम रोकिनुका साथै पारिवारिक समस्याले सताउन सक्छ। तापनि सोमवारपछि स्थितिमा सुधार आउनुका साथै नयाँ काम थालनी हुनेछ। अध्ययन र व्यवसायमा प्रगति हुनेछ। अघिको संघर्षले पछिल्लो समय लाभदायी रहनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन् र स्वत: सहयोगीका रूपमा देखापर्नेछन्। रोग र शत्रुमाथि विजय प्राप्त गर्ने समय छ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सप्ताहान्तमा वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न काम बन्नाले साता उत्साहवर्द्धक रहनेछ। लक्ष्यअनुसार काममा राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। सहयोगीहरूले पनि उत्साह जगाउनेछन्। बीचमा पारिवारिक असमझदारीले भने समस्या निम्त्याउन सक्छ। बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। तापनि अध्ययनमा प्रगति हुनेछ। प्रयत्न गर्दा देश–विदेशकाे यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। यो साता साइनो–सञ्जालबाट भने टाढा रहँदा राम्रो हुनेछ। व्यवसायमा धेरै समय दिन नसकिए पनि प्राविधिक कामकाे अनुभव बटुल्ने समय छ। कामको चाप देखिए पनि मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साता केही संघर्षमय रहने सम्भावना छ। विभिन्न अवसरले पछ्याए पनि धेरै बोल्ने बानीले गोपनीयता बाहिरिन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बुधवारसम्म विवादास्पद कामले अलमल्याउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिने समय रहेकाले गाेपनीयतामा ध्यान पुर्याृनुहाेला। तापनि मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। मिहिनेतले छोटो समयमा लक्ष्य प्राप्त गर्न सकिनेछ। पारिवारिक असमझदारीले वादविवाद निम्त्याउन सक्छ। विद्यार्थीहरूका लागि साता फलदायी रहनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा इच्छाशक्ति बढ्नाले नयाँ काम थालनी हुनेछ। तर महत्त्वाकांक्षी काम आँट्नाले बीचमा समस्या आउन सक्छ। भेटघाटले अलमल्याउने हुँदा काममा बाधा पर्नेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले कामकाे वातावरणा अनुकूल रहनेछ। सहयोगीहरूले साथ दिनेछन् । व्यापार बढ्नेछ र नयाँ काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सहयोगले हौसला प्रदान गर्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। बीचमा केही अवरोध आए पनि कर्मको उचित फल प्राप्त हुनेछ। सप्ताहान्तमा पारिवारिक असमझदारीले केही बाधा निम्त्याए पनि समस्या दर्साउँदा काममा साथ र सहयाेग पाइनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा खर्चिलाे काम थाल्नाले बीचमा समस्या पर्न सक्छ। आकस्मिक खर्च बढ्नेछ भने समस्या टार्न कर्जा लिनुपर्ने हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ। आफन्तको सहयोग जुट्नाले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला। अवसरले पछ्याए पनि कर्मगति सुस्त रहनेछ। तापनि, प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नयाँ काम प्रारम्भ हुनेछ भने रचनात्मक कामको यश लिने अवसर प्राप्त हुनेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। सप्ताहान्तमा भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साताको प्रारम्भ अनुकूल रहनेछ। सुरुमा व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर तत्काल रकम खर्च गर्नुपर्ने स्थिति समेत आउन सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। तापनि विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्न सक्छ। बुधबारपछि कर्मयोगले उचाइको बाटो समाउनेछ भने भाग्य सबल रहनाले नाम, दाम र इनाम प्राप्त हुनेछ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। अध्ययन र व्यवसायमा प्रगति हुनेछ। सप्ताहान्तमा भने केही खर्च बढ्न सक्छ। आलोचकहरूले पनि व्यर्थैमा दु:ख दिनेछन्।x

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शेष काम साताकाे प्रारम्भमा गर्दा फाइदा हुनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित बनाउनेछ। व्यापार र नोकरीमा दिगो फाइदा हुने काम गर्ने मौका छ। लगनशीलताले कीर्तिमानी दिलाउनेछ। सोमबारदेखि मनग्गे आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। तर पछिका लागि खर्च गर्नुपर्ने हुँदा धन सञ्चयमा बाधा पुग्नेछ। अर्थ अभावले सताउन सक्छ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सञ्चित कर्मफलमा अरूले दाबी गर्नेछन्। सप्ताहान्तमा आफन्तसँग भेटघाट हुनाले आत्मबल बढ्नेछ। मिहिनेत गर्दा रोकिएका काम सम्पादन हुनेछन्।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत गर्दा साताकाे प्रारम्भ फलदायी रहनेछ। काममा विभिन्न अवसर प्राप्त भइरहनेछन्। अध्ययनले उचाइको मार्ग अवलम्बन गर्नेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम थालनी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नोकरी तथा व्यवसायमा मनग्य फाइदा हुनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। साेखले मालमत्ता जाेड्न प्रेरणा प्रदान गर्नेछ। रमाइलो यात्राका बीच धन र मान प्राप्त हुनेछ। सप्ताहान्तमा खर्चिलो काम गर्नुपर्ने हुँदा सञ्चित रकम खर्च हुनेछ। कर्जासमेत बढ्काेन सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य कमजोर हुनाले साताकाे प्रारम्भमा केही समस्या देखापर्नेछन्। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। लामो सक्रियताले आयस्राेत भने सबल नै रहनेछ। मिहिनेतीहरूलाई भाग्यले साथ दिनेछ। साताकाे उत्तरार्धमा कर्मयोगले उचाइमा पुर्याउनेछ र कीर्तिमानी कामको यश पनि प्राप्त हुनेछ। कर्मयोगले नयाँ मार्ग अवलम्बन गर्नेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ भने सम्मानित स्थान प्राप्त हुनेछ। कामले दाम, इनाम र पुरस्कार दिलाउन सक्छ। सप्ताहान्तमा भने केही विवादास्पद कामले अलमल्याउन सक्छ। आफ्नैले विराेध गर्नेछन्, सजग रहनुहाेला।

प्रतिकृया दिनुहोस्