आजको राशिफल – २०७८ भाद्र १३ आइतबार

August 28, 2021 465

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थिति त्यति सहज नदेखिए पनि स्रोत–साधन जुटाउन सफल भइनेछ। अधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। सामान्य उपलब्धिका लागि अधिक खर्च हुनेछ। साझेदारीमा पुरानो विवादले निकास पाउनेछ। नयाँ कामका लागि नयाँ सहकर्मी फेला पर्नेछन्। कृषि र पशुपालनमा सहयोगीहरू जुट्नाले यथासमयमा काम गर्न सकिनेछ। यन्त्र, औजार, उपकरण आदि बिग्रनाले फजुल खर्च बढ्नेछ। पाउमा चोटपटक लाग्न सक्छ। कामको चाप बढे पनि पछिलाई फाइदा हुनेछ। सामान्य काममा अलमलिनु भन्दा दिगो अवसरका लागि प्रयत्न गर्नुहोला। लगानी बढी लागे पनि दिगो काममा बलियो जग बसाउन सकिनेछ। विवादास्पद अभिव्यक्तिले सम्बन्धमा फाटो ल्याउन सक्छ, सजग रहनुहोला।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बुद्धि–विवेकले काम लिनेहरूका लागि महिना फलदायी रहनेछ। केही चुनौती देखिए पनि सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषि, पशुपालन र व्यापारमा सामान्य लाभ हुनेछ। उत्तरार्धमा केही नयाँ अवसर प्राप्त हुनेछन्। स्रोत–साधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। सहयोगीहरूले साथ दिनेछन्। तर महत्त्वाकांक्षी सोचले घर–परिवार र साझेदारीमा असमझदारी निम्त्याउन सक्छ। अरूको उक्साहटमा लाग्नाले निकटजनसँग दूरी बढ्नेछ। छाती, फोक्सो तथा मुटुको समस्या हुनेहरूले स्वास्थ्यमा सावधान रहनुहोला। महिनाको अन्त्यतिर घरेलु विवाद उत्कर्षमा पुग्नेछ। घरेलु समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ। अर्थोपार्जनको बलियो स्रोत प्राप्त हुनाले केही समस्या सुल्झाउन सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ अवसर प्राप्त हुनाले महिना उत्साहवर्धक रहनेछ। आवश्यक स्रोत–साधन जुट्नाले रोकिएका कामसमेत सम्पादन हुनेछन्। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। तारिफयोग्य काम गर्दै नयाँ जिम्मेवारी हातपार्न सकिनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनाले आर्थिक पक्ष सबल बन्नेछ। महिनाको अन्त्यतिर केही व्यवधान र चुनौती आउन सक्छन्, उपलब्धि जोगाउन सावधानी अपनाउनुहोला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। सत्यको पक्षमा उभिँदा आफन्तसमेत टाढिन सक्छन्। भोग–विलासले फजुल खर्च निम्त्याउनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। लाञ्छना लगाउनेहरू सक्रिय रहे पनि मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा आँटेको काम सम्पादन हुनेछ। महिनाको उत्तरार्धमा पढाइ, लेखन, संगीत र कलाका माध्यमबाट फाइदा उठाउन सकिनेछ। आफ्नो प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा फाइदा उठाउन सकिनेछ। स्वास्थ्य कमजोर हुनेहरूले मौसमी समस्याबाट बच्ने उपाय अवलम्बन गर्नुहोला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यस महिनामा केही चुनौती देखिए पनि आत्मविश्वासले काम लिन सकिनेछ। पित्तदोष, ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले स्वास्थ्य कमजोर रहला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ र चैतन्य शक्ति समेत जागृत हुनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। समाजका अगुवासँग सहकार्य हुन सक्छ। आयस्रोत सबल हुनेछ र जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तर, ठूलो काम आँट गर्दा दुःख पाइनेछ। परिस्थितिवश आफन्तबाट टाढा भइनेछ। वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग संघर्ष भइरहनेछ। पूर्वाधार कमजोर हुनेहरूलाई व्यावहारिक चुनौती आइपर्नेछन्। तापनि, बुद्धिविवेकले काम लिँदा धेरै काम सम्पादन हुनेछन्।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनबिनै खर्चिलो काम थाल्नाले समस्या देखापर्नेछ। अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। हठ गर्ने बानीले पारिवारिक असमझदारी निम्त्याउनेछ। पेसा र व्यापारमा मन्दी आउने देखिएकाले लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। फजुल खर्च पनि बढ्नेछ। नियमित काम भने सम्पादन हुनेछन्। नयाँ कार्ययोजना भने स्थगित गर्नुपर्ने हुन सक्छ। महिनाको उत्तरार्धमा आयस्रोत सबल बन्नेछ। तत्काल लाभ नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। प्रेम तथा मित्रताको सम्बन्ध कमजोर बन्नेछ। पाउमा चोटपटकको योग देखिएकाले जोखिम हुने काम तथा हातहतियार र सवारीको उपयोगमा सावधानी अपनाउनुहोला।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसर जुट्नुका साथै आयस्रोत सबल बन्नाले यो महिना उत्साहवर्धक रहनेछ। समाजमा केही प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। राजनीतिक तथा सामाजिक प्रभाव बढ्नेछ। रोकिएका धेरै काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। कृषि तथा व्यवसायमा आम्दानी बढ्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सवारीलगायत विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। महिनाको अन्त्यतिर आकस्मिक समस्या र काममा चुनौती आइलाग्ने ग्रहयोग रहेकाले उपलब्धि जोगाउन विशेष सावधानी अपनाउनुहोला। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा आलोचित भइनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा केही अवरोध देखिए पनि क्रमशः अवसर र भोगाधिकार प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरू कर्मयोगका प्रेरक बन्नेछन्। मिहिनेत गर्दा यो महिना विशेष फलदायी रहनेछ। परिस्थिति प्रतिकूल देखिए पनि कर्मयोगले उचाइमा पुर्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। अध्ययनमा भने धेरै समय जुट्न नसकिएला। समाजमा तारिफयोग्य काम गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। सरोकार नभएका विषयमा चासो लिँदा वादविवादमा परिएला। प्रयत्न गर्दा कीर्तिमानी कामको यश लिने अवसर भने प्राप्त हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्तीले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्रोत सबल देखिए पनि फाइदा लिन पनि धेरैपटक प्रयत्न गर्नुपर्ला। समयमा सजग नबन्दा सहयोगीहरू अलमलिने छन्। अरूको भरपर्दा लाभांश गुम्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने भाग्यले साथ दिनेछ। समय लागे पनि रोकिएका काम दोहोर्याउँदा सम्पादन हुनेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। अनुसन्धानात्मक अध्ययनमा लाग्नेहरूलाई फाइदा हुनेछ। महिनाको उत्तरार्धमा नयाँ जिम्मेवारी पाइनेछ र मेहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। नोकरी तथा राजनीतिमा पनि अवसर खोज्ने समय छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो महिना केही संघर्षमय रहने देखिन्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। व्यवसायमा मन्दी आउनाले निर्वाहमूलक काम गर्न बाध्य भइनेछ। अप्ठ्यारो पर्दा आफन्तको साथ नपाइएला। अर्थ अभावले यात्रा रोकिन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र सञ्चित रकम खर्च हुनेछ। शुभचिन्तकहरू टाढा हुनेछन् भने भ्रष्ट व्यक्तिहरू नजिकिनेछन्। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। नयाँ व्यवसायतर्फ तत्काल लगानी गर्दा सुरक्षित नहुन सक्छ। वैधानिक प्रावधानले पनि समस्या निम्त्याउने देखिन्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्, गोपनीयतामा सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा अवसरबाट वञ्चित भइने सम्भावना छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। अभिव्यक्तिको लय कठोर बन्नाले शुभचिन्तकहरू टाढिन सक्छन्। आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। दोहोर्याएर गरेको काम भने सम्पादन हुनेछ। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति गर्ने मौका छ। सामाजिक क्षेत्रमा आफ्नो प्रभाव कमजोर बन्नेछ। घर–परिवारमा असमझदारी बढ्न सक्छ। कामको चापले थकान र कमजोरी निम्त्याउनेछ। अप्ठ्यारो पर्दा आफन्तको साथ नपाइएला। परिस्थितिवश यात्रा रोकिन सक्छ। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि र साख जोगाउने प्रयत्न गर्नुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा चुनौती देखिए पनि मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। सुरुमा बलपूर्वक गरिएको कामले अन्ततः फाइदा दिनेछ। पहिले अवरोध गर्नेहरूले समेत सामाजिक अभियानमा साथ दिनेछन्। प्रतिस्पर्धाको दौडमा विजयी भइनेछ र लाभ उठाउन सकिनेछ। शत्रुबाधा हट्नेछ भने मौसमी रोग निवारण हुनेछ। रोकिएका काम बन्नेछन् र आर्थिक समस्या सुल्झनेछ। भौतिक साधनसमेत जुटाउन सकिनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउने मौका पाइनेछ। प्रतिस्पर्धीहरू सहयोगी र साझेदारका रूपमा उपस्थित हुनेछन्। अध्ययनमा प्रगति हुनेछ र कर्मयोगले उचाइको बाटो समाउनेछ। अध्ययनमा लाग्नेहरूलाई महिनाको अन्त्यतिर विशेष अवसर प्राप्त हुनेछ।

प्रतिकृया दिनुहोस्