ओली सरकार ढ’लेको खबर सुनेपछि मन हल्का भयो : खनाल

August 31, 2021 292

काठमाडौं। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपचारपछि बोनसको जीवन प्राप्त गरेको बताएका छन्। भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएका नेता खनालले आफूले बोनसको जीवन प्राप्त गरेको भन्दै, बाँकी जीवनलाई राष्ट्रियता, लोकतन्त्रको रक्षाका लागि समर्पण गर्ने बताए।

‘यो मेरो नाफाको जीवन हो। बोनसको जीवन हो। ७१ वर्ष पार गरिसकेँ। सास रहुन्जेल देश राष्ट्रियता कम्युनिष्ट आन्दोलनको विकास विस्तार र सुदृढिकरणमा लगाउनेछु,’ उनले भने। दुई महिनाको अस्पताल बसाइपछि फर्किएका उनले आफ्नो उ-पचार सफल भएको भन्दै अहिले स्वास्थ्य सहज महसुश गरेको समेत बताए। उनले अन्तिम स्वास रहँदासम्म देशका लागि लागिरहने समेत बताए।

खनालले ओली सरकार ढ’लेको खबरले मन हलुंगो भएको बताए। ओलीको दक्षिणपन्थी अधिनायकवादी कदमले देश
दु-र्घटनाको संघारमा भारी मन लिएर भारत गएको तर पछि सर्वोच्च अदालतको फैसलाले दक्षिणपन्थी अवसरवाद र प्रतिगनम असफल पारिदिएपछि मन हलुंगो भएको उनले बताए।

‘म उपवचारका लागि भारत जाँदा भारी मन लिएर गएको थिएँ। देशलाई अधिनायकवादको दुर्घटनाको मुखमा धकेलेर हाम्रो पार्टीलाई दक्षिणपन्थी भासमा धकेलिएको थियो,’ खनालले भने, ‘सर्वोच्च अदालतले केपी ओली सरकार ढालेर दक्षिणपन्थी कदलम सच्याइदिएको खबरले मन हलुंगो भयो।’ उनले ओलीले कम्युनिस्ट सरकार ढा’लियो भन्दै झार्ने आशुँको कुनै मूल्य नभएको पनि बताए।

‘कम्युनिस्ट सरकार ढा’लियो भनेर केपी ओलीले आँशु नझार्दा हुन्छ। किनभने उनले कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टी एमाले र सिंगो देशलाई प्रतिगमनमा धकेलिसकेका थिए,’ खनालले भने, ‘उनको सरकार ढल्नु भनेको अग्रमनको रक्षा हो, लोकतन्त्र र संविधानको पनि रक्षा हो।’

प्रतिकृया दिनुहोस्