यी हुन् सबैभन्दा अन्तिममा अफगानिस्तान छोड्ने अमेरिकी सैनिक ?

August 31, 2021 1813

काठमाडौं। अफगानिस्तानबाट अमेरिकाको सैन्य अभियान पूर्ण रुपमा फिर्ता भएको छ । अमेरिकी रक्षा विभागले एक तस्वीर जारी गरेको छ । तस्वीर जारी गर्दै विभागले तस्वीरमा देखिएका यी सैनिक अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक भएको बताएको छ । विभागले यी सैनिक मेजर जनरल क्रिस डोनाह्यु भएको बताएको छ जो अफगानिस्तानबाट अमेरिका जान लागेको अन्तिम सी–१७ विमानमा चढ्दैछन् ।

यो पनि पढ्नुहोस्:
गोविन्द बानियाँ, पाँच वर्षदेखि कोरियामा छन्। कोरिया नेपालीहरुको प्रमुख गन्तव्य मुलुकमध्येको एक हो। इपिएस प्रणाली अन्तर्गत कोरिया पुगेर उनी कार्यरत छन्।

म्याग्दीको बेनी नगरपालिका वडा ५ घर भएका उनी नेपालमा छँदा विभिन्न अनलाइन, टेलिभिजनहरुमा काम गर्थे।

आर्थिक हिसाबले सुरक्षित हुन साथै भविष्य आशलाग्दो बनाउने उद्देश्यले अरु नेपाली युवाजस्तै उनी कोरिया हान्निएका हुन्।

कोरियामै निरन्तर बस्ने कि नेपाल फर्केर त्यतै केही काम, व्यवसाय गर्ने भन्नेबारे उनले निर्णय गरिसकेका छैनन्। अवस्था हेरेर भोलिको योजना बनाउने उनको भनाइ छ।

गोविन्द सामाजिक सञ्जालमा निकै सक्रिय छन्। खासगरी ट्विटरमा उनी आफ्ना धारणा राखिरहेका हुन्छन्।

नेपालको अवस्था, राजनीतिक गडबढी अनि विकृतिहरुका बारे उनी लेखिरहन्छन्। यस्तै उनी रमाइलो खालका सन्देश दिएर आफ्ना फलोअरहरुलाई आकर्षित गर्नेमा पनि चिनिन्छन्।

लाखौं युवा भविष्यको खोजीमा विदेशिएका छन्। गोविन्द पनि तिनैमध्येका एक हुन्। उनी विदेशिने नेपाली युवाको प्रतिनिधिमूलक व्यक्ति हुन् भन्दा फरक नपर्ला।

यसपटक हामीले उनै गोविन्दसँगको अन्तरङ्ग कुराकानी प्रस्तुत गरेका छौं।

तपाईंको पारिवारिक पृष्टभूमिबारे केही बताउनुस् न..

सामान्य परिवारमा जन्मिएँ। आम नेपालीजस्तै हुर्किएँ। दुई बहिनी र एक भाइ छन्।

नेपालमा कहाँ कहाँ कतिसम्म पढ्नुभयो?

गाउँकै ज्योति निमाविमा कक्षा ७ सम्म पढें। गलेश्वर माविबाट एसएलसी अनि त्यसपछि ११ र १२ क्याम्ब्रिज कलेज बल्खु र आरआर क्याम्पसबाट पत्रकारितामा स्नातकसम्म अध्ययन गरेँ।

नेपालमा के गर्नुहुन्थ्यो?

काठमाडौंमा अध्ययन सँगसँगै पत्रकारिता गरें। केही रेडियो र टेलिभिजनहरुमा काम गरेँ। साथसाथै आफ्नै मिडिया र अनलाइन व्यवसाय सञ्चालन गरें।

कोरिया आएको कति भयो?

कोरिया आएको पाँच वर्ष पुरा भयो।

प्रतिकृया दिनुहोस्