खाडी मुलुक र मलेसियाबाट आउने नेपालीले पाँच दिन होटेल क्वारे’न्टिन बसे पुग्ने !

June 2, 2021 375

काठमाडौं : खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन मात्र होटेल क्वा’रेन्टिन बसे पुग्ने भएको छ ।

सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एक/एक वटा दुईत’र्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै मापद’ण्ड बनाएको हो ।

मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट आउने यात्रु पाँच दिन अनिवार्य होटेल क्वारे’न्टिनमा बस्नु पर्नेछ । होटेल क्वारे’न्टिनमा बसी पीसी’आर परी’क्षण नेगे’टिभ आएपछि थप १० दिन होम क्वारे’न्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव

यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् । मन्त्रालयले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापद’ण्ड सार्वजनिक गर्दै यस्तो प्राव’धान ल्याएको हो ।

आक’स्मिक अवस्थामा बाहेक अन्यलाई १० दिन होटेल क्वा’रेन्टिन अनिवार्य!

आकस्मि’क अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु (नेपाली–विदेशी)लाई भने अनिवार्य १० दिन होटेल क्वारेन्टि’नको प्रावधान दोहोरिएको छ । मन्त्रालयका अनुसार नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटि’भ रिपोर्ट साथमा हुनुपर्छ ।

यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वारे’न्टिनको खर्च भने यात्रु स्वयंको हो । १० दिन होटेल क्वा’रेन्टिनपछि भने कोरो’नाको लक्ष’ण देखिएका व्यक्तिले पीसी’आर परीक्षण गर्नुपर्छ ।

पीसीआर प’रीक्षण गर्दा को’भिड पोजे’टिभ आएमा १० दिन आइसोलेसन सेन्टर, अस्पताल वा तोकिएको होटेलमै बस्नु पर्नेछ । १० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परी’क्षणबाट रिपोर्ट नेगे’टिभ आएका सबै यात्रु घर/गन्तव्यमा जान सक्ने भएका छन् ।

तर, आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया)मा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिने अनिवार्य होम क्वारे’न्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने भएको छ ।

दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ ।

७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकका आमा–बुबाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन क्वारे’न्टिनमा बस्ने गरी जान दिइने भएको छ । कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई नियोगको सिफारिसमा जान दिइने भएको छ ।

को’भिड नियन्त्र’णमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा तोकिएको गन्तव्यमा १० दिन क्वा’रेन्टिन बस्ने गरी जान दिइने भएको छ ।

ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वा’रेन्टिन नतोकिने

अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटलमा क्वारेन्टिन नतोकिने भएको छ । मन्त्रालयका अनुसार यसअनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वा’रेन्टिनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार यी क्षेत्र घना बस्ती भएका क्षेत्र भएकाले को’रोना सं’क्रमण नि’यन्त्रण गर्न ती क्षेत्रका होटेललाई क्वारे’न्टिन होटेलका रुपमा सूचीकृत नगर्ने निर्णय सरकारले गरेको हो । होटेल क्वा’रेन्टिनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डले पाएको छ ।

प्रतिकृया दिनुहोस्