असार १गते देखि निषेधाज्ञा खुकुलो बनाउने यस्तो हुँदै छ तयारी,,,

June 7, 2021 318

काठमाडौं उपत्यकामा गत १६ वैशाखदेखि जारी निषेधाज्ञा १ असारदेखि खुकुलो बनाउने तयारी गरिएको छ । उपत्यकामा आंशिक निषेधाज्ञा लगाएर जनजीवनलाई सहज बनाउन विभिन्न निकायबीच छलफल भइरहेको बताइएको छ ।

पछिल्लो समय थपिएको निषेधाज्ञा ३१ जेठमा सकिँदैछ । यस अविधिमा खाद्यान्नलगायत अत्यावश्यक सेवामात्र खुला गरिएको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमण दरमा कमी आएकाले निषेधाज्ञालाई पजि खुकुलो बनाउन लागिएको एक सुरक्षा अधिकारीले बताए ।

उनका अनुसार अहिलेकै अवस्था संक्रमण दर घट्दै गएमा असारदेखि उपत्यकामा आंशिक निषेधाज्ञा जारी हुनसक्छ । अहिले नै पूर्ण निषेधाज्ञा खोल्ने सम्भावना भने न्यून रहेको उनको भनाइ छ ।

तर, संक्रमण दर बढेमा फेरि एक सातासम्म निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जेठ मसान्तसम्म निषेधाज्ञा जारी नै रहेकाले त्यसबारे छलफल नभएको बताएका छन् ।

यो पनि पढ्नुहोश:नेकपा माओवादी केन्द्रले दिएको प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलको २०७७ चैत १६ गतेको निर्णयले दलको नेतालाई सरकारको समर्थन फिर्ताको प्रत्यायोजित अधिकारअनुसार समर्थन फिर्ता लिएको आङ्बोले बताउनुभयो ।

सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश:राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गर्ने आदेश दिएको छ ।

थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत न्यायाधीश कुमार चुँडालको एकल इजलासले बदर गरेको हो ।थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले आदेश जारी भएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्