खेलकुद

दक्षिण कोरियाको फराकिलो जित,,,

दक्षिण कोरियाको फराकिलो जित,,,

Posted in खेलकुद
एजेन्सी – फिफा विश्वकप कतार २०२२ तथा एसियन कप २०२३ को एसियन छनोटमा दक्षिण कोरियाले तुर्केमिनिस्तानमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ । गोयाङ स्टेडियममा शनिबार साँझ भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा ह्वाङ उइ जोले दुई तथा ताई हि नाम, योङ जिओन किम र चाङ हुन क्वानले समान एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । खेलको नवौं मिनेटमा ह्वाङ उइ जोले गोल गर्दै दक्षिण कोरियालाई १–० को अग्रता दिलाए । ४५औं मिनेटमा ताई हि नामले गोल गर्दै दक्षिण कोरियाको अग्रता दोब्बर पारे । ५६औं मिनेटमा योङ जिओन किमले गोल गरेपछि दक्षिण कोरिया ३–० ले अघि बढ्यो । ६२औं मिनेटमा चाङ हुन क्वोनले गोल गर्दै दक्षिण कोरियालाई ४–० ले अघि बढाए । ७२औं मिनेटमा ह्वाङ उइ जोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै दक्षिण कोरियालाई ५–० को फराकिलो जित दिलाए । जितपछि समूह ‘एच’ मा रहे
विश्वकप छनोट फुटबलः आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै ।

विश्वकप छनोट फुटबलः आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै ।

Posted in खेलकुद
काठमाडौं, : फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९स्४५ बजे सुरु हुनेछ । ताइपेइविरु’द्ध मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजिमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेइविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ । समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जितसहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताइपेइ ५ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ । चाइनिज ताइपेइवि’रुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपेइ अहिलेसम्म दुई पटक भिडेका छन् । पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० ले खेल जितेको थि