राजनिती

ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्छन् : प्रचण्ड

ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्छन् : प्रचण्ड

Posted in राजनिती
नेकपा (ओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिड्ने भएको टिप्पणी गर्नुभएको छ । सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो । ‘ओली त्यस्ता मान्छे हुन् मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्छन्। मान्छे दंग पर्छन् । बालुवाटारबाट बालकोट जाने भनेको हारेको, सन्नाटा भएर के गर्ने भनेर सोच्दै जानुपर्नेमा पञ्चे बाजा बजाएर, जितेजसरी गए। कति करोड खर्चेर मानिस बोलाएको थाहा पाएँ मैले, यस्तो नाटक गर्ने तिनी।’ अध्यक्ष प्रचण्डले र्मा ओलीको निरंकुशता थाहा पाएपनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताउनुभयो । उहाँले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताउनुभयो । ओलीले आफूले मनपरी गरेर आरुलाई दोष दिने गरेको